आइएनजिओले लुकाए एक खर्ब दुई अर्ब, जफत गर्न महालेखाको निर्देशन

काठमाडौं, साउन २४ । सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आइएनजिओ० हरुले पछिल्लो तीन वर्षमा एक खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन्। सरकारलाई जानकारी नै नदिई उनीहरुले आर्थिक वर्ष २०७२र७३ देखि २०७४र७५ को अवधिमा एक खर्ब एक अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ।

 

सरकारलाई गलत खर्च विवरण देखाएर आइएजजिओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८६० वटा खातामार्फत रकम मनोमानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। अपचलन भएको रकम चालु आर्थिक वर्षका लागि विनियोजन बजेटको करिब सात प्रतिशत र गत आर्थिक वर्षको करिब आठ प्रतिशत हुन आउँछ।कान्तिपुर दैनिकमा समाचार छ।