निलम्बित मन्त्री खत्रीसँग ५ लाख धरौटी माग

काठमाडौं,भदाै १९। उच्च अदालत पाटनले कर्णाली प्रदेशका निलम्बित भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीसँग पाँच लाख धरौटी माग गरेको छ।बुधबार अदालतमा उपस्थित भएएका खत्रीको थुनछेक बयान र बहसपछि धरौटी माग गरेको हो। मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले धरौटी माग गरेका हुन्।

 

कृषि विकास बैंकको मुख्य शाखा कार्यालय काठमाडौंका कामु शाखा प्रबन्धक गोकुलप्रसाद पनेरूले बैंकिङ कसुर मुद्दा दायर गरेका थिए।

 

प्रतिवादी बनाइएका मन्त्रीलगायत पाँचजनाले दुईपटकमा एक करोड १० लाख ८० हजार रुपैयाँबराबरको किर्ते बैंक ग्यारेन्टी पेस गरी बैंकलाई हानि पु-याएका थिए।

 

१० जुन २०१६ मा ५५ लाख ५० हजार र सोही वर्ष ४ नोभेम्बरमा ५५ लाख ३० हजार रुपैयाँबराबरको किर्ते बैंक ग्यारेन्टी गरेका थिए।नागरिकदैनिकमा खबर छ।