अब दशैँ मान्न ऋण काढ्नु पर्दैन

सिन्धुलीमाढी,भदौ २९ । चार वर्षअघिसम्म आफ्नो कमाईले बिहान–बेलुका छाक टार्न पनि धौ–धौ पर्ने दूधौली नगरपालिका–११ धनसरी निवासी बुर्जबहादुर बुढाथोकी जीवनस्तर यतिखेर सुधारिएको छ । सहजै दैनिक गुजारा गर्दै वार्षिक ५० हजार रुपियाँसम्मको बचत हुन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘यस वर्ष दसैँ मनाउनका लागि कसैसँग ऋण गर्नु पर्दैन । आफ्नो आवश्यकता पूरा गर्न प्रशस्त जोहो गरेको छु ।’

उहाँलाई यो अवस्थामा पु¥याउन बाख्रापालन व्यवसायले ठूलो टेवा पु¥याएको बताउनुभयो । गाउँमा लागू भएको गरिबी निवारण कार्यक्रमबाट ३५ हजार रुपियाँ ऋण लिएर बाख्रापालन व्यवसाय गर्न थालेपछि उहाँको जीवनमा परिवर्तन आएको हो । उहाँले भन्नुभयो, ‘चाडबाड टार्नका लागि ऋणको जोहो गर्नुपथ्र्यो,यतिखेर आफैले भनेजति खर्च गर्न पुगेको छ ।

उहाँले गरिबी निवारण कार्यक्रमबाट वार्षिक १२ प्रतिशत ब्याजदरमा ऋण लिएर छवटा बाख्रा किनेर व्यवसाय सुरु गर्नुभएको थियो । अहिले उहाँको खोरमा ३० वटा खसीबाख्रा रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले लिएको ऋण चुक्ता गरिसक्नुभएको छ । यो वर्ष करिब ५० हजार रुपियाँको खसीबोकाको बिक्री गरिसकेको बताउनुभयो ।

बुर्जबहादुरको तीन जनाको परिवारका लागि जग्गाको नाममा दुई कट्ठा पाखो बारी मात्रै छ । जग्गाको उब्जनीले उहाँको परिवारलाई वर्ष दिनमा मुस्किलले तीन महिना मात्रै धान्छ । बाख्रापालन व्यवसाय सुरु गरेपछि खान लगाउनको कुनै समस्या नभएको र केही बचत समेत हुन थालेको उहाँको भनाइ छ ।

्दूधौली नगरपालिका–१०, कर्थाका दले सार्कीलाई पनि बाख्रापालन व्यवसाय फापेको छ । अहिले उहाँको परिवार चलाउने व्यवसाय नै त्यहि हो । गरिबी निवारण कार्यक्रमबाट १५ हजार रुपियाँ ऋण लिएर दुईवटा बाख्रा किनेर व्यवसाय सुरु गरेको र अहिले खोरमा खसी बाख्राको सङ्ख्या तीन दर्जन नाघेको उहाँले बताउनुभयो ।

ऋण फिर्ता गरेर ६० हजार आम्दानी लिइसकेको बाख्रापालक कृषक सार्कीको भनाइ छ । उहाँका अनुसार लगानी गरेको केही महिनामा नै आम्दानी लिन पाइने भएकोले अधिकांश विपन्न परिवार बाख्रापालन व्यवसायप्रति आकर्षित भएका छन् । लगानी गर्ने पुँजीको अभावमा व्यवसाय गर्न नपाई रहेका कृषक गाउँमा गरिबी निवारण कार्यक्रम लागू भएपछि उक्त कार्यक्रममा आबद्ध भई ऋण लिएर बाख्रापालन व्यवसाय गर्न थालेका हुन् ।गाेरखापत्रदैनिकमा समाचार छ।