जीप दुर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत,एकजना अझै बेपत्ता

म्घास,मङ्सिर १७ । गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बागलुङ बडीगाड– ७ को कोप्चेमा आज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये १४ जनाकै पहिचान भएको छ ।

 

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका रहेका छन् । इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारी चालक रेशम थापा, सोही वडाको दोबाट बस्ने ४० वर्षीया बसुन्धरा कार्की, ढाडुङा बस्ने माया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

 

दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी इश्मा गाउँपालिका ५ का वर्ष ३० का सूचना कार्की, वर्ष ४० की बसुन्धरा कार्की, वर्ष २२ की माया थापा, वडा नम्बर ४ का सवारी धनी तथा चालक वर्ष २५ का रेशम थापा रहेका छन्।

 

यस्तै ४० वर्षीया सिता कार्की, उनकी चार वर्षीया छोरी अनुसा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीया महेन्द्र कार्की, ४० वर्षीय भुमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासीको बर्दघाट नगरपालिका २ बस्ने ६० वर्षीया मुमा कार्की, बडिगाड गाउँपालिका ५ का ५५ वर्षीया लक्ष्मी केसी, कञ्चनपुर बस्ने ५५ वर्षीय धनबहादुर कार्की रहेका छन् ।  

 

दुर्घटनामा तीनजना घाइतेलाई ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

 

त्यस्तै घाइते हुनेमा नवलपरासी बर्दघाट– २ का १८ वर्षीय जीवन कार्की, इस्मा गापा–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसी रहेको प्रहरीले जनाएको छ ।भने इस्मा गाउँपालिका–४ दोहोलीका ६५ वर्षीया धनबहादुर कार्की बेपत्ता रहेको प्रहरीले जनाएको छ ।  गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नं को जीप दुर्घटनामा परेको हो ।