थपिँदै संघमा कर्मचारी

काठमाडौँ,मंसिर २८। संघमा कर्मचारीको दरबन्दी धेरै राखिएको भन्दै आलोचना भइरहेका बेला मन्त्रालयहरूले थप्न थालेका छन् ।

गृह मन्त्रालयमा प्रथम श्रेणीका १९ जना सहसचिवसहित करिब ४० कर्मचारीको दरबन्दी थपिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शाखा अधिकृतभन्दा मुनिका केही दरबन्दी थप भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ सय र अर्थ मन्त्रालयले २ सयभन्दा बढी कर्मचारी थपको प्रस्ताव गरेका छन् ।

 

अर्थले विभिन्न स्थानमा राजस्व संकलनका लागि नयाँ कार्यालयहरू खोल्नुपर्ने भएको भन्दै कर्मचारी थप्न प्रस्ताव गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावलाई फिर्ता पठाएको छ । परराष्ट्र मन्त्रालयले पनि केही थप दरबन्दीको प्रस्ताव गरेको छ ।कान्तिपुर दैनिकमा खबर छ।