नेपाली सेनाका हवल्दारको काठको मुडा लागेर मृत्यु

डोटी,मंसिर ३०।  माथिबाट लडेर आएको काठको मुडा लागेर एक जना नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ । दिपायल पृतनामा रहेको गुरुबक्स गुल्ममा कार्यरत लाँलीकाँडा गाउँपालिका–६ दैलेखका ३५ वर्षिय जगतजंग थापाको मृत्यु भएको हो ।

सोमबार बिहान व्यारेक नजिकैको हजारेको डाँडाको वनबाट फाईरिङ तालिम सकेर खाना खान फर्कने क्रममा माथिबाट लडेर आएको मुडा उनको टाउकामा लागेको थियो । त्यसमा घाईते उनलाई उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पताल ल्याईएको थियो । उनको उपचारका क्रममा मृत्यू भएको हो ।

टाउकामा गम्भिर चोट लागेकाले बचाउन नसकिएको अस्पतालले जनाएको छ ।