सिमा समस्या कुटनितिक पहलबाट समाधान नभए अन्तराष्ट्रियकरण गछौंः मुख्य मन्त्री गुरुङ

पोखरा,पाैष १० । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सीमा समस्या कुटनितिक रुपमा पहल नभएर अन्तराष्ट्रिय करण गर्ने बताएका छन् ।

विहीबार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ ले सिमा रक्षा र राष्ट्रिय स्वाधिनताको रक्षाको माग गर्दै बुझाइएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

 

मुख्य मन्त्री गुरुङले ज्ञापन पत्र बुझ्दै भने – हाम्रो पार्टी र सरकारले भारत सरकारसँग अतिक्रमित भूमि फिर्ता र भारतीय सुरक्षाकर्मी फिर्ताका लागि पहल गरेको छ । अहिलेसम्म कुनै पनि सरकारले नगरेको काम भारत सरकारलाई नोट पठाउने काम गरेको छ । अब कुटनितिक पहलबाट समस्या हल नभएर हाम्रो पार्टीले यस मुद्दालाई अन्तराष्ट्रिय करण गर्छ ।

 

ज्ञापन पत्रको बारेमा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश इन्चार्ज चन्द्र हरि सुवेदीले व्याख्या गरेका थिए भने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रदेश अध्यक्ष नेत्र रानाभाटले ज्ञापन पत्र पढेर मुख्यमन्त्रीलाई बुझाएका थिए ।

 

ज्ञापन पत्रमा भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पुवाधुरा, सुस्ता लगायतका भूमि कुटनितिक पहल गरेर फिर्ता गर्नु पर्ने र त्यसो नगरे कडासंघर्षमा उत्रिने चेतावदी दिइएको छ ।

 

त्यसैगरी नेपाली भूमिमा रहेको भारतीय सुरक्षाकर्मी पनि तत्काल फिर्ता गराउन माग गरिएको छ ।देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश ४ ले मुख्य मन्त्री मार्फत प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापन पत्र बुझाएको हो ।