यौन दुर्व्यवहारको आरोपमा प्रधानाध्यापक पक्राउ

काठमाडौं, फागुन ११ । नवमीडाँडास्थित सिद्धदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक यौन दुर्व्यवहारको आरोप लागेको छ । सोही विद्यालयमा अध्ययनरत एक छात्राले प्रधानाध्यापक मोहनप्रसाद दुलालले आफनो संवेदनशील अंगमा हात लगाएको आरोप लगाएकी हुन ।

 

 

आरोपित प्रधानाध्यापक दुहाललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । प्रधानाध्यापकबाटै छोेरीमाथि यौन दुव्र्यवहार भएको भन्दै पीडित छात्राकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन । सोही उजुरीको आधारमा दुहाललाई पक्राउ गरिएको हो ।

 

बुधबार प्रधानाध्यापक दुहालले संवेदनशील अंगमा हात लगाएको भन्दै ती छात्रा रुदै–रुदै फर्केको बताएको छ । यसअघि पनि पटक–पटक दुहालले छोरीमाथि दुर्व्यवहार गर्दै आएको छात्रालकी आमाले आरोप लगाएकी छन । पक्राउ परेको प्रधानाध्यापक दुलालमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रानधानी दैनिकमा खबर छ ।