नेकपा सुदूरपश्चिम प्रदेश कमिटिको बैठकमा कुटाकुटको स्थिति र होहल्लामै टुंगियो

धनगढी,फागुन २२। नेपाल कम्युनिष्ट पार्टीको सुदूरपश्चिम प्रदेश कमिटिको तेस्रो बैठक निकै महत्वपूर्ण मानिएको थियाे,तर अन्ततमा  आएर कुटाकुट र होहल्ला, बिबाद र हानथापमै टुंगिएको छ ।

 

फागुन १८ गते बसेको बैठक कुनै महत्वपूर्ण निर्णय नै नगरी टुंगिएको छ । पार्टीभित्रको आन्तरिक बिबादका कारण बैठकले कुनै महत्वपूर्ण निर्णय गर्न सकेन ।

 

नेकपाका सुदूरपश्चिम प्रदेश समितिका ईञ्चार्ज भीम रावल पक्षधरहरु रावलमाथि बिमानस्थलमा भएको दुव्र्यबहारको बद्ला लिन पुरा तयारीका साथ बैठकमा सहभागी भएका थिए । र उनीहरुका अर्को एजेण्डा थियो, सांसद दीर्घ सोडारीलाई गरिएको कारबाही फुकुवा गर्न दवाव दिने । र तेस्रो एजेण्डा थियो, नेकपा कैलालीका अध्यक्ष रतन थापामाथि कारबाही गर्न दवाव दिने ।

 

प्रदेश अध्यक्ष कर्ण थापाकै उपस्थितिमा बिमानस्थलमा ईञ्चार्ज रावलमाथि दुव्र्यबहार भएको र रावललाई बिमानस्थलको बिशिष्ट कक्षमा प्रबेश गर्न नदिएको रावल पक्षधहरुको आरोप थियो ।त्यसैले बैठकको प्रारम्भ देखि नै रावल पक्षधहरु बोल्नका लागि पालो कुरिरहेका थिए । र बोल्नका लागि समय माग गरिरहेका थिए ।

 

ईञ्चार्ज रावल बाहिर भएको बेला उनीहरुले अनुकुल मौका पाए र अध्यक्ष थापामाथि उनीहरु एकसाथ आक्रामक ढंगले प्रस्तुत भए, जसमध्ये सबैभन्दा आक्रामक रुपमा कर्ण बहादुर कुँवर प्रस्तुत भए । आक्रामक रुपमा प्रस्तुत भएका कुँवरलाई ईञ्चार्ज थापाले त बाहिर निस्के भनेपछि भित्र होहल्ला शुरु भयो । त्यसको प्रतिवादमा कुँवर पनि ठाडै रुपमा प्रस्तुत भए, उनले पनि अध्यक्ष थापालाई त बाहिर निस्के भने ।

 

त्यतिबेला रावल रक्षा मन्त्री ईश्वर पोखरेललाई लिन बाहिरिएका थिए भने पार्टीका स्थायी कमिटि सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हल बाहिर निस्किएका थिए ।

 

त्यहाँ सिनियर नेतामा थापा मात्र थिए । जव भित्र होहल्ला शुरु भयो । त्यसपछि नेता भट्ट भित्र पसे । त्यतिबेलासम्म नेकपाका नेताहरु दुई कित्तामा बाडिएका थिए ।

 

नेता भट्ट भित्र पसेपछि माहौल केही मत्थर त भयो । तर दुबै पक्षको रीस मरिसकेको थिएन ।लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाई, बर्दगोरिया गाँउपालिकाको निर्वाचनमा पराजीत कुँवर लगायत ईञ्चार्ज रावल निकट पूर्व एमालेका कार्यकर्ताहरु मौकाको खोजीमा थिए । उनीहरु आवश्यक परे थापामाथि जाईलाग्ने मनिस्थिति र तयारीमा थिए । तर त्यस्तो अप्रिय घट्ना भने हुन पाएन ।

 

रावल पक्षधरहरुको मुख्य एजेण्डा नेकपाबाट बर्खास्त गरिएका तत्कालिन सामाजिक विकास मन्त्री सोडारीमाथिको कारबाही फुकुवा गर्न दवाव दिनु थियो । र दोस्रो रतन थापा, जो नेकपा कैलालीका अध्यक्षसमेत हुन, उनलाई एक महिलासंगको अडियो काण्डमा कारबाही गर्न दवाव दिनु थियो ।

 

तर सोडारीमाथिको कारबाही फुकुवा गर्न भने अध्यक्ष थापाले मानिरहेका थिएनन । त्यस कारण रावल पक्षधहरु थापासंग बढि आक्रोशित थिए।

 

एक महिलासंग अनैतिक सम्बन्ध भएको आरोपमा सोडारीलाई नेकपाका केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गर्न लगाएका थिए ।

 

 स्पष्टिकरणको मौका समेत नदिई मन्त्री र पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएका सोडारी कारबाहीपछि सुदूर पश्चिम सभामा स्वतन्त्र सांसदको हैसियतमा छन् । उनलाई पुरानै अवस्थामा फर्काउन रावल पक्षधहरु जोडबल गरिरहेका छन् ।

 

तर सोडारीमाथिको कारबाही फुकुवा भने नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले गर्न सक्ने अवस्था छैन । पार्टीकै केन्द्रीय अध्यक्ष ओलीले कारबाही गरेका कारण सोडारीको कारबाही फुकुवा ओलीले मात्र गर्न सक्छन । त्यसका लागि पनि प्रदेश कमिटिले केन्द्रीय समितिलाई सिफारिस गर्नुपर्ने हुन्छ । तर ओलीका विश्वासपात्र मानिएका सुदूर पश्चिम अध्यक्ष थापा भने कुनै पनि हालतमा सोडारीमाथिको कारबाही फुकुवा गर्न नहुने अडानमा छन् । त्यही कारण सोडारीको कारबाही फुकुवाका लागि सिफारिस गर्न थापा सहमत छैनन ।

 

सोडारीको कारबाही फुकुवा, रावलमाथि बिमानस्थलमाभएको दुव्र्यबहार र रतन थापामाथि कारबाहीको विषयका कारण दिउसो १२ बजेदेखि राति ८ बजेसम्म चलेको नेकपा सुदूरपश्चिम प्रदेश समितिको बैठक निष्कर्ष बिहिन भयो ।

 

बैठकमा २२ केन्द्रीय सदस्य र १८३ जना प्रदेश कमिटि सदस्य सहित गरी २०५ जनाको उपस्थिति रहेको थियो । ३६ जना केन्द्रीय सदस्य मध्ये १४ जना भने अनुपस्थित रहे।