कोरिया जाने र फर्कनेलाई कडाइ

काठमाडौं, फागुन २३ । दक्षिण कोरिया, जापानलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।

 

सरकारले कोरिया, जापान, चीनलगायत केही देशबाट नेपाल आउने नेपालीलाई समेत होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ ।

 

कोरोना भाइरसको रोकथाप, नियन्त्रण, र सजगता अपनाउन सरकारले यस्ता श्रम गन्तव्यबाट आउने नेपालीलाई थप निगरानीमा राखेको हो ।

 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित देशका विदेशस्थित आफ्ना नियोगलाई पत्राचार गरेर स्वदेश फर्कने नेपालीलाई थप निगरानीमा राखिने जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ।