प्रवासी नेपाली मंच ओमनकी पूर्व सचिव अनु पौडेलसहित ५ नेपाली चेली भारतीय (एनजिओ)को नजरबन्दमा उदार गरिदिन आग्रह

काठमाडाै,जेठ, १०। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवासको जनवर्गीय संगठन प्रवासी नेपाली मंच ओमनकी पुर्ब सचीव अनु पौडेल (हिरा) लगायत ५ जना नेपाली चेलीहरु भारतको मानीपुर स्थिति क्चिङ भन्ने ठाउँमा NGO को निगरानीमा (नजरबन्द)मा रहेकाे बाँकेकी कमला कठायतले फेसकुबकाे,म्यासेन्जरबाट हामीलाइ जानकारी दिएकी छन्।  

 

हामी ५ जाना बर्मा जाने भनि हिडेको बेला जनवरी ५ मा म्यानमार्क र भारत को सिमानामा हामीलाई इमनिकेसनमा आर्मी ले समातेर भारतीय पुलिसको जिम्मा लगाएको र पछि पुलिसले NGO को जिम्मामा दिएको हो । अहिले बेला बेलामा यो एनजिओले आज भोलि त तिम्रो सरकार ले के गर्न सक्छ र ? किन अहिले सम्म आफ्नो नागरिक लगेन भनेर हामीलाई दिनरात कष्ट दिइएको बताइन । तर अहिले हामीलाई आफ्नो देश नेपाल पठाउनुको सट्टा नजरबन्दमा राखेका बताइन ।

 

बर्मा पठाउने भनी भारत पुर्याइएको र भारत पुगिसकेपछि तिमीहरू माथि केश जारी छ भन्दै बिगत ५ महिना देखी नजर बन्दमा राखिएको र (भोभिड १९) को भाइरसले आक्रान्त भएको बेला समेत आफुहरु नजरबन्दमा रहेको सहभागी एक मबिनी कमला कडायतले फेसुबक म्यासेन्जरबाट हामीलाई बताएकी छिन् ।

 

मानिपुर स्थिति UJJWALA SOCIETY FOR URBAN RURAL UPLIFTMENT NGO भन्ने भारतीय NGO का संचालक शुशील ले आफुहरुलाई नजरबन्दमा राखेको, टेलिफोन, मोबाइल लगायत सञ्चार प्रबिधिहरुमा रोक लगाएको बताउँदै अहिले यहाँ मालिक नभएको बेला लुकेर फेसबुक म्यासेन्जरबाट कदर न्यूजलाई आफूहरु नजरबन्दमा परेको र हामीलाई बचाउनु भनेर अवगत गराएको बताएकी छिन् । उनी भन्छन्, हामीहरुको बारेमा अरु कसैले हामीलाई नजरबन्द गर्ने NGO लाई सोध्यो भने उनीहरु नेपालको अछामबाट यहाँ घुम्न आएको भनेर बताउने गरेको बताइन । अहिले आफुहरुले लुकेर अर्कैको मोबाइल मार्फत सम्पर्क गरेर यो जानकारी दिन पाएको बताउँदै जतिसक्दो हामीलाई यस नजरबन्दबाट छुटकारा गराउन अनुरोध समेत गरेकी छिन् ।

 

उनका अनुसार नजरबन्दमा रहेकाहरु मध्य पर्बत घर भएकी ओमान प्रवास संगठन पुर्ब सचिव अनु पौडेल ,झापाकी सरस्वती मर्णी, बाँके की कमला कडायत, बाँके (नेपालगन्ज) की तारा कामी र नेपालगन्ज की माया क्षेत्री रहेकी उनले हामीलाई बताएछिन् ।

 

उनले यही संचारमाध्यमबाट सबैले हाम्रो समस्या बुझेर उद्दार गर्नु भन्दै प्रवास स्थित नेपाली राजदूतालाई बारम बार फोन गर्दा कहिले त्यहाँ को गृह बिभागले जानकारी दिएको छैन भन्छ । हाम्रो घर को मान्छे दूताबासमा गएर निबेदन दिएको पनि चार महिना भयो त्यसकारण हामी लाष्टमा सञ्चार माध्यमबाट उद्दारको आग्रह गर्न बाध्य भएको उनले बताइन् ।