कोरोना संक्रमित थप ९ जना निको भएर अस्पतालबाट घर फर्किए

 काठमाडौं,जेठ,१० ।नेपालमा थप ९ जना काेराेना संक्रमित वीरगञ्जस्थित नारायणी अस्पतालमाबाट घर फर्कीएका छन्।  

 

उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएकोअस्पताल स्राेतले जानकारी दिएकाे छ । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् ।

 

शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका छन् ।