असार १ गतेदेखि आन्तरिक उडान शुरू गर्ने सरकारको तयारी

काठमाडौं,जेठ २ ५ । सरकारले असार १ गतेदेखि आन्तरिक उडानको अनुमति दिने तयारी गर्दै छ । विमानको कुल सीट क्षमताको ५० प्रतिशत यात्रु राखेर असार १ गतेदेखि आन्तरिक हवाई सेवा शुरू गर्न नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले निर्देशिका जारी गरिसकको छ भने निर्देशिकाअनुसार विमान सेवा कम्पनीहरूले हवाई सेवा सञ्चालनको विशेष विधि एसओपी तयार पारी प्राधिकरणमा पेश गरिसकेका छन् ।

 

प्राधिकरणका अनुसार निर्देशिकाअनुसार कोरोना क्राइसिस म्यानेजमेन्ट टीम ९सीसीएमसी० ले असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदै छ । सम्भवतः आइतवार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि यो प्रस्ताव कार्यान्वयनमा जाने प्राधिकरणको भनाइ छ ।

 

निर्देशिका जारी भई नियामक निकाय, विमानस्थल र विमान सेवा कम्पनीहरू हवाई सेवा सुचारु गर्न तयारी अवस्थामा रहेको र सरकारको निर्णयको प्रतीक्षा गरिरहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । सरकारको निर्णय आउनासाथ आन्तरिक हवाई सेवा शुरू हुनेछ ।

 

सीसीएमसीले तयार पारी उच्चस्तरीय राजनीतिक संयन्त्रमा पेश गरेको प्रस्तावमा कुल क्षमताको ४० प्रतिशत यात्रु राखेर हवाई सेवा खुला गर्ने उल्लेख गरिएको थियो । वायुसेवा कम्पनीहरूले ४० प्रतिशत क्षमतामा जहाज उडान गर्दा कम्पनीले नोक्सान बेहोर्नुपर्ने भएकाले यसलाई ५० प्रतिशत गर्न आग्रह गरेको प्रवक्ता क्षत्रीले बताए । कम्पनीहरूको आग्रहमा प्राधिकरण सहमत भएको हवाई सेवा सञ्चालक संघ आवोन ले जानकारी दिएको छ ।

 

विमान सेवा कम्पनीहरूले आआफ्नो विशेष कार्यविधि तयार पारी क्यानमा पेश गरिसकेको र आफूहरू क्यानले जारी गरेको निर्देशिकाअनुसार सेवा शुरू गर्न तयार रहेको आवोनका प्रवक्ता योगराज शर्मा कँडेलले बताए । ‘हामीले प्राधिकरणको निर्देशिकाअनुसार सबै तयारी गरेका छौं । सम्भवतः असार १ गतेबाटै लागू हुने गरी यो निर्णय कार्यान्वयनमा जाने अपेक्षा गरेका छौं,’ उनले भने ।

 

कँडेलले कार्गो ढुवानीमा समस्या नदेखिए पनि यात्रु उडानमा ४० प्रतिशत सीट क्षमतामा उडान गर्दा आर्थिक नोक्सानी हुने भएकाले सीट क्षमतालाई ५० पु¥याउन आपूmहरूले सुझाव दिएको बताए ।

 

यात्रुले विमानस्थल तथा विमान सेवा कम्पनीले जारी गरेका नियम उल्लंघन गरे कानूनी कारबाही गरिने प्रावधान रहेको र निर्देशिकाविपरीत काम गरे यात्रुलाई विमान चढ्न नदिइने प्रवक्ता कँडेलले बताए ।

 

 

प्राधिकरणले विमान सेवा कम्पनी, विमानस्थल र यात्री र कर्मचारीले उडान गर्दा के गर्ने के नगर्ने भन्ने उल्लेख गरी आन्तरिक उडानको निर्देशिका जारी गरेको छ ।

 

प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार कोरोनासँंग मिल्ने चार प्रकारका लक्षण भएका बिरामीले हवाई उडान गर्न पाउने छैनन् । यसमा ज्वरो, रुघा खोकी, श्वासप्रश्वासमा समस्या र स्वाद वा गन्ध थाहा नपाउनेजस्ता लक्षण भएका व्यक्ति पर्छन् ।

 

हवाई उडान पहिले हरेक यात्रुहरूको ज्वरो चेक गरिने, यात्रुले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने र उडानका बेला सम्बद्ध व्यक्तिको तापक्रम ३८ डिग्री सेल्सियल वा १०० दशमलव ४ डिग्री फरेनहाइटभन्दा कम हुनुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा ७० वर्षभन्दा बढी उमेरका, गर्भवती र गम्भीर स्वस्थ्य समस्या भएकालाई सकेसम्म हवाई यात्रा नगर्न सुझाव दिइएको छ ।

 

यसका अतिरिक्त विमान सेवा कम्पनीहरूले एकैपटक उडान नगरी फरकफरक समयमा उडानको व्यवस्था मिलाउने प्राधिकरणका प्रवक्ता क्षत्रीले जानकारी दिए । ‘यो पहिले जस्तो सहज अवस्था होइन । त्यसैले सर्तक रहनैपर्छ । एउटा विमान सेवा कम्पनीले उडान गर्ने समय र अर्कोले गर्ने समय फरक पार्दा विमानस्थलमा यात्रुको भीड पनि कम र सहज पनि हुन्छ,’ उनले भने ।आर्थिक अभियानमा खबर छ ।