अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा सँधैका लागि थप शुल्क नलाग्ने

 काठमाडौं,भदौ, १४ । अब देखि जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ। यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो।

 

ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै यस्तो निर्देशन गरिएको राष्ट्र बैंकले बताएको छ ।

 

अब सँधैका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने बताएको थियो ।

लकडाउन खुलेपछि पुनः शुल्क लिन थालिएपनि राष्ट्र बैंकले कोरोना महामारीको बेलासम्म भन्दै निःशुल्क गर्न मौद्रिक नीतिमै व्यवस्था गरिएको थियो।