ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट आमा छोराको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं ,भदौ १७।ललितपुरकाे पाटन अस्पतालमा मंगलबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरका ४० वर्षीया पुरुषको संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

चार दिनअघि मात्र ती पुरुषकी आमाको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । ६२ वर्षीया ती महिलाको पनि पाटन अस्पतालमा नै मृत्यु भएको थियो ।

 

१५ दिनअघि छोरामा कोरोना संक्रमण देखिएको थियो। लगत्तै उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो। त्यसपछि आमालाई संक्रमण देखिएको थियो।