ग्यास सिलिण्डरको धरौटी मूल्य कति तोकियो हेर्नुहाेस् ?

सांकेतिक तस्वीर

काठमाडौं,असोज २७ । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ  मूल्य तोकेको छ ।

 

एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले मूल्य तोकिएको संघले जनाएकाे छ। पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुने पनि जनाएकाे छ। 

एकै प्रकारको सिलिण्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउनको लागि पनि प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठिक भएको संघले जनाएकाे छ। संघले तोकेकोभन्दा बढी रकम लिएमा गैह्रकानूनी मानिने संघले जनाएकाे छ। 

 

  विगतमा एकै प्रकारको सिलिण्डरको मूल्य फरक फरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने गरी सिलिण्डरको मूल्य तोकिनु उपभोक्ताको दृष्टिकोणले ठिक भएको संघले जनाएकाे छ।  ।

 

तर विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिण्डरको बिल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनु पर्छ ।

अहिलेसम्म बिक्री भएका सिलिण्डरको बिल कसले दिने हो भन्ने सम्बन्धमा नेपाल एलपी ग्यास उद्योगसँगले समन्वयकारी भूमिका खेल्नुपर्ने पर्छ।

 

 गत शुक्रबार बसेको साधारणसभाले सिलिण्डरको धरौटी तोकेको हो । तर यसअघि उपभोक्ताको घरमा पुगेका सिलिण्डरको हकमा कसरी बिल जारी गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय संघले गरेकाे छैन् ।

यस बारे संघले उपभाेक्तालाइ कसरी बिल उपलब्ध गराउने भन्नेबारे निर्णयले गर्न जरूरी रहन्छ।