विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य धर्मेन्द्र शाहीले गरे अप्ठ्यारोमा परेका विद्यार्थी र मजदुरलाइ आर्थिक सहयोग

काठमाडौं,कार्तिक ६। विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य धर्मेन्द्र शाहीले लकडाउनका बेला अप्ठ्यारोमा परेका विद्यार्थी तथा मजदुरलाइ व्यक्तिगत सहयोग गरेर उदार गरेका छन्।

 

नेपालीहरुको महान पर्व दशैं,तिहार छट् जस्ता चार्डहरू बर्षमा एक पटक मात्र आउने भएकाले सबै घर फर्किन उतिकै उत्साहित हुन्छन्।

आर्थिक अवस्था कमजोर भएका कतिपय विद्यार्थी, मजदुरलगायतका घर फर्किन गाडी भाडा सम्म नभएको भन्ने खबर पाउदा सारै दुख लागेर उनिहरूलाइ सानो सहयोग भए पनि घर सम्म पुग्ने व्यवस्था मिलायको शहीले जानकारी दिएका छन्।  

 

शाहीले भने ,समस्यामा परेका विभिन्न जिल्लाका १० जना भन्दा बढी विद्यार्थी,मजदुरहरूलाई सानो भए पनि सहयोग गरेर घर सम्म पुग्ने व्यवस्था मिलाउन पाउँदा आफुलाइ सारै खुशी लागेको शाहीले जानकारी दिएका छन्।

 

 यस्तो अवस्थामा त सरकारले सहयोग गरेर विद्यार्थी ,मजदुर र निम्नवर्ग लगायतकालाइ घर सम्म पुग्ने व्यवस्था गर्नु पर्नेमा अहिले हामी जस्ता केही समाजसेवी युवाले सहयोग गर्नु परेको छ, बिड्म्ना सरकार कता छ, भनेर खोज्नु पर्ने अवस्था आएको उनले बताए। 

 

यस्तो दशैंको बेला कोही आर्थिक अवस्थाको समस्याले घर जानपाउनु भएको छैन भने अझै आफुहरू सहयोग गरेर घर सम्म पुग्ने व्यवस्था मिलाउन तयार रहेको शाहीले बताएका छन्। साथै आउदै गरेको बडा दशैं, तिहार तथा छ्ट् पर्वको सबैलाइ शुभकामना व्यक्त गरेका छन्।