सेवाग्राहीसँग लिएको घुस सहित इन्जिनियर पक्राउ

काठमाडौं,कार्तिक २२। अख्तियारको टोलीले नुवाकोटको बेलकोटगढी नगरपालिकाका एक इन्जिनियरलाई सेवाग्राहीसँग लिएको घुससहित पक्राउ गरेको छ ।

 

बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पौडेल घुससिहत विदुर नगरपालिकाको बट्टार बजारको मिठाई पसलबाट घुस लिँदै गरको अवस्थामा पक्राउ परेका हुन् ।

 

बट्टार बजारमा रहेको सागर मिठाइ भण्डारबाट सेवाग्राहीसँग लिएको ७५ हजार घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

 

सेवाग्राहीसँग लिएको घुससहित स्टिङ अपरेशनअन्तर्गत आफ्नो टोलीले करार सेवामा कार्यरत पौडेललाइ रंगेहात पक्राउ परेको अख्तियार प्रवक्ता अधिकारीले बताए ।

 

उनीसहित विचौलियाको काम गर्ने होटल व्यवसायी बेलकोटगढी नगरपालिका वडा नं.९ का नारायाण भट्टलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीसँग भट्टमार्फत पौडेलले घुस लिएको आरोपमा भट्ट पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ ।

 

घुससहित पक्राउ परेका दुवै जनालाई पक्राउ गरेको स्थानमा अख्तियारको टोलीले स्थलगत मुचुल्का तयार गरी काठमाडौं लगेको छ । यस अघि पनि बेलकोटगढी नगरपालिकाबाट अर्का इन्जिनियरलाई अख्तियारको टोलीले घुसहित पक्राउ गरेको थियो । थप अनुसधान गरि इन्जिनियरलाई कारबाही गरिने अख्तियार स्राेतले जनाएकाे छ।