डा.केसीको प्रधानमन्त्री ओलीलाई जवाफः मेरो होइन नागरिकको उपचार खर्च बेहोर्नुस्

काठमाडौं,कार्तिक २९। प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा.गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं बेहोर्ने जवाफ फर्काउँदै नागरिकप्रतिको कर्तव्य पूरा गर्न सुझाव दिएका छन्।

 

शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले उपचाररत डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने घोषणा गरेलगत्तै कोरोना भाइरसबाट संक्रमित डा.केसीले विज्ञप्ति जारी गरी आफूलाई होइन,नागरिकलाई नि:शुलक  उपचार गर्न सल्लाह दिएका हुन्।