आजको मौसम पूर्वानुमान:यी प्रदेशमा मेघ गर्जन र चट्टयाङसहित उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना सतर्क रहन अनुरोध

काठमाडौं,कार्तिक ३०। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।
हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

 

हाल मौसमको अवस्था देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भु-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

 

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

त्यस्तै आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहने छ ।

 

त्यस्तै सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना छ । साथै, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।