आजको मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं,मंसिर ९ । हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । जसअनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

 

त्यस्तै अन्य प्रदेशका पहाडी भूभागहरुको मौसममा आंशिक बदली रहेको छ । त्यसैगरी देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसममा सामान्य बदली रहने सम्भावना छ ।

 

त्यस्तै तरार्इका भूभागको मौसममा आंशिक बदली रहने देखिन्छ । त्यस्तै देशका बाँकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहनेछ ।

 

देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

 

त्यसैगरी आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसममा सामान्य बदली हुने सम्भावना रहेको छ । तराईका भूभागको मौसममा पनि आंशिक बदली रहनेछ ।

 

बाँकी प्रदेशका पहाडी भू–भागको मौसममा समेत आंशिक बदली रहनेछ । देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहनेछ।

 

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।