यस्तो छ, आजको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर २१।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन गरेको छ। हाल भारतको बिहार र आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली कायम रहेको छ ।

 

हाल देशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

 

त्यस्तै कर्णाली, सुदुरपश्चिम र प्रदेश नं २ को पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का थोरै स्थानका साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

देशका उच्च पहाडी तथा हिमाली भू–भागको एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ ।

 

देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

 

त्यस्तै प्रदेश नं १ का एक, दुई स्थानहरुमा हल्का वर्षा हुनेछ । त्यसैगरी गण्डकी प्रदेशको पहाडी भू–भागका एक, दुई स्थानमा पनि छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।