नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस २६ । नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२८६ परीक्षणमा १६० जना पुरुष र ९९ जना महिला गरी २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । यीमध्ये हालसम्म २ लाख ५८ हजार ४४१ जना संक्रमणमुक्त भएका छन् ।

 

हाल देशभर ४ हजार ४२२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११७९ जनाको होम आइसोलेसनमा छन् भने १९१ जनाको आईसीयू र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८ र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा २ र सिरहामा ३ जनामा कोरोना भेटिएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ९९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा ५, दोलखामा २, नुवाकोटमा ४, भक्तपुरमा ९, ललितपुरमा १८ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा २, तनहुँमा ५, म्याग्दीमा १, बागलुङमा २ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको कपिलवस्तुमा १९, दाङमा ३, नवलपरासीमा २, पाल्पामा ४, प्युठानमा १, बाँकेमा २, रोल्पामा २ र रुपन्देहीमा ६ जनामा कोरोना पाइएको छ।

 

गत २४ घण्टामा कर्णाली प्रदेशको सुर्खेतमा मात्र ३ जनामा कोरोना भेटिएको छ।

 

सुदूरपश्चिम प्रदेशको अछाममा १०, कैलालीमा २, डडेल्धुरामा ७ र बझाङमा १२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।