आज यी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं,माघ ६। हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र त्यस आसपासका क्षेत्रमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको छ।हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

 

त्यस्तै बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ । हाल तराईका भू–भागहरुमा हुस्सु र कुईरो लागेको छ।

 

आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।देशका बाँकी प्रदेशहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको विभागले जनाएको छ।

 

त्यसैगरी आज राती प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ।

 

प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।