कांग्रेसले प्रतिनिधिसभा विघटन विरुद्धमा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं,माघ १३।प्रतिनिधिसभा विघटन विरुद्धमा नेपाली काँग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले आज थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

 

बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।

 

यस अघि काँग्रेसले पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरी र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरेको थियो ।