यस्तो छ, आज यी प्रदेशको मौसम पूर्वानुमान

काठमाडौं,माघ २०। हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायमै रहेको छ।

हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ।

 

आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो देशको पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

 

प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।

 

त्यसैगरी आज राती देशभरका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

 

प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।