यस्तो छ, आज यी प्रदेशको मौसम पूर्वानुमान

काठमाडौं,माघ २२। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको प्रभाव रहेको छ।

 हाल सुदुरपश्चिम प्रदेशमा आशिंक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागहरूमा आशिंक रहेको छ।

 

आज दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ र सुदूर पश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ।

 

त्यस्तै राती सुदूर पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ र सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षा हुने संभाबना छ।

 

उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपात र सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।