नेपालमा थप १७१ जना कोरोना संक्रमण पुष्टि,कुन जिल्लमा कति थपिए संक्रमित

काठमाडौं,माघ २२। नेपालमा थप १७१ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २७७ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ३ हजार ८७८ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८५ हजार ५७३ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २२७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लमा कति थपिए संक्रमित

प्रदेश १ को धनकुटामा २ कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा २, महोत्तरीमा २ र रौतहटमा १ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४, चितवनमा ४, धादिङमा १, नुवाकोटमा ४, भक्तपुरमा ४, मकवानपुरमा १, ललितपुरमा १३ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा २, तनहुँमा २, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, म्याग्दीमा २, बागलुङमा ५ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको गुल्मीमा २, दाङमा ९, नवलपरासीमा १, पाल्पामा २, बाँकेमा ६ र रुपन्देहीमा ५ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कैलालीमा ५ र बझाङमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।