नेपालमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि,थप २ जनाको मृत्यु

काठमाडौं,माघ २७।  नेपालमा थप १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १० हजार ५७ पुगेको छ।

 

 पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ४७ पुगेको छ। हाल ८७ जना क्वारेन्टाइनमा छन्।

 

 पछिल्लो २४ घण्टामा १ सय ६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल ८९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६४ जना आइसियु र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

नेपालमा कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको तथ्यांक अध्यावधिक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ पुगेको छ ।