नेपालमा थप १२७ जना कोरोना संक्रमण पुष्टि,थप २ जनाको मृत्यु

काठमाडौं,माघ ३०। नेपालमा थप १२७ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७०७ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ४ हजार जनाको पिसिआर परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ११हजार ६४९ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५४ पुगेको छ। हाल ७९ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा १३६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल ७६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।