काठमाडौंका यी अस्पताल र मेडिकल कलेजमा आजदेखी कोरोना विरुद्धको खोप लगाइँदै

काठमाडौँ,फागुन २। स्वास्थ्य कार्यालय काठमाडौंले आज काठमाडौँमा १२ स्थानमा कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

 

स्वास्थ्य कार्यालयले काठमाडौंका विभिन्न अस्पताल र मेडिकल कलेजसहित १२ स्थानमा खोप केन्द्र तोकेको जानकारी दिएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउनका लागि फागुन २ गतेदेखि ८ गतेसम्मका खोप अभियान संचालन गर्ने जानकारी दिएको हो ।

 

पहिलो चरणको दोस्रो प्राथमिकतामा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलगायत स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि जिल्ला स्तरीय सबै सरकारी कार्यालय कर्मचारी, जिल्लास्तरीय जनपद प्रहरी, सीमा सुरक्षामा खटिएका प्रहरी, जिल्ला स्तरीय सार्वजनिक संस्थानका कर्मचारी र पत्रकारलाई खोप लगाइने छ ।

खोप लगाउनका लागि परिचय पत्रसहित उपस्थित हुन मन्त्रालयले अनुरोध गरेको छ ।

यी हुन काठमाडौँका खोप केन्द्र