विप्लव निकट अखिल क्रान्तिकारीले भागरथी भट्ट हत्याको विरोधमा प्रदर्शन, बलात्कारीलाई फाँसीको सजाय दिन माग

काठमाडौं,फागुन ६।  बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको विरोधमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रिय समन्वय समितिले विरोध प्रदर्शन गरेको छ।  

 

बाँकेको नेपालगन्जमा भागरथीका हत्यारालाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारी भेरी कर्णाली ब्यूरोले प्रदर्शन गरेको हो।

 

झन्डै ४ हजार विद्यार्थीहरुको सहभागितामा पुस्पलाल चोकबाट सुरु भएको बिरोध र्‍याली गणेशमान चोकमा गएर कोणसभामा परिणत भएको थियो।

 

उक्त बिरोध र्‍यालीमा अखिल क्रान्तिकारीका जिल्ला स्तरिय विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए। उनीहरुले  सत्य तथ्य पत्तालगाइ बलात्कारीलाई  फाँसीको सजाय माग गरेका थिए।