यस्तो छ,आजको मौसम पूर्वानुमान

काठमाडौं,फागुन १०। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन।

 

हाल मौसमको अवस्था देशका केही पहाडी भूभागमा आंशिक बदली रहि अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

 

आज दिउँसो प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

 

त्यस्तै आज राती प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।