नेपालमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि,थप ४ जनाको मृत्यु

काठमाडौँ,फागुन ११। नेपालमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ।त्यस्तै थप ४ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । 

 

पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ६८ पुगेको छ ।