अखिल(क्राान्तिकारी)ले पेट्रोलिमय पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग,फिर्ता नलिए सशक्त संघर्षमा उत्रने चेतावनी (प्रेस वक्तव्यसहित)

काठमाडौं,चैत ४ । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेपाल सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै उक्त कार्यको घोर विरोध, निन्दा र भत्र्सना गर्दै संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले बुधबार एक वक्तव्य जारी गरेका छन् ।

 

वक्तव्यमा भनिएकोे छ,  पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, खाद्यान्न, लत्ताकपडालगायत सबै क्षेत्रमा प्रभाव पार्ने हुँदा पटक–पटक बढाइएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकारसँग हार्दिक अपिल गरिएको छ ।

 

वक्तव्यमा अन्यथा, समाजवादको डङ्का पिट्ने तर खुलेआम भ्रष्टाचार गर्नुका साथै राष्ट्रघात, जनघातलगायतका गतिविधिहरु गर्ने र दलाल, माफिया, भ्रष्टाचारी र घुसखोरीहरुको संरक्षण गर्ने नेपाल सरकारविरुद्ध सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ ।

पेट्रोलिमय पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता नलिए सशक्त संघर्षमा उत्रने अखिल ९क्रान्तिकारी०ले चेतावनी दिएको छ।