नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडाैं उपत्यकामा मात्र ४३५ जनामा संक्रमण

काठमाडौं,बैशाख ५ ।नेपालमा थप १०९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जनामा संक्रमण भेटिएका छ।

 

त्यस्तै काठमाडाैं उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । जसमध्य काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। 

 

 पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।