एमाले ओली पक्षको महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै,बैठक रोक्न नेपाल पक्षको माग,यस्ता छन् एजेण्डा

काठमाडौं,बैशाख ६। नेकपा एमाले संस्थापन पक्षको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल हुने छ ।

 

यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले देशब्यापी रुपमा बनाइरहेको समानान्तर कमिटीबारे पनि आजको बैठकमा छलफल हुने छ ।

 

अध्यक्ष ओलीले केही नेताहरुलाई पार्टीका विभिन्न तहमा जिम्मेवारी दिने तयारी समेत गर्नुभएको छ । समानान्तर गतिविधि गर्दै आएको नेता नेपाल समूहले भने पार्टी एकताका लागि वातावरण बनाउनका लागि आजको बैठक रोक्नुपर्ने बताएको छ ।

 

नेपाल- खनाल समूहले आफ्नो सहभागिता बिना ओलीले यसअघि फागुन २८ गते र चैत्र ७ गते गरेका निर्णयहरु फिर्ता हुनुपर्ने माग गर्दै आएको छ। तर ती निर्णयहरु फिर्ता नगर्ने ओलीको अडान छ ।

 

नेपाल–खनाल पक्षका नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुषाललाई ओली पक्षले ६ महिनाका लागि निलम्बन गरेको छ।

 

यसैबीच एमालेको नवौं महाधिवेशनबाट निर्वाचित अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराले विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि आजको बैठक रोक्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको छ ।