ओली र नेपालबीच बुढानिलकण्ठस्थित एक व्यवसायीको घरमा वार्ता सुरु

काठमाडौं,बैशाख ३०। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।काठमाडौंकाे बूढानीलण्ठस्थित एक व्यवसायीको घरमा उहाँहरू वार्तामा बस्नुभएको छ।माधवकुमार नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो ।

 

 

यसअघि आजै बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले नेपाल पक्षका चार नेतामाथिको कारबाही फिर्ता गरेपछि ओली र नेपालबीच वार्ता तय भएको हो ।

 

 

आफूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने तयारी गरेपछि ओलीले टेलिफोन गरी नेपालसँग भेटको प्रस्ताव गर्नुभएको हो। नेपाल पक्ष सहमतिका लागि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडानबाट पछि नहट्ने पक्षमा छन् ।

 

 

ओली–नेपाल वार्ताले पार्टीभित्र देखिएको पछिल्लो विवाद समाधानमा छलफल हुने विश्वास लिइएको छ ।यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।