आज यी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं,बैशाख ३१। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था देशका अधिकांश भूभागमा आंशिक बदली रहेको छ।

 

आज दिउँसो देशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भुभागहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागहरुमा आंशिक बदली रहेने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।