ओली समूहले ग-यो नेपाल समूहका ११ जना सांसदमाथि कारवाही (सूचीसहित)

काठमाडौं,जेठ ८। नेकपा एमालेले माधव कुमार नेपालसहितका सांसदहरुलाई स्पष्टिकरण सोधेको छ । आफ्नै पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षी दलहरुसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा नेपालसहित ११ जनाका सांसदहरुलाई कारवाहीको प्रक्रिया थालेको हो।

 

 

केहीबेरअघि सम्पन्न स्थायी कमिटी बैठकलेमाधव नेपाल,झलनाथ खनाल,भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

 

 

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन । स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् ।