राष्ट्रको सार्वभौमिकता र जनताको जीवन रक्षाका लागि एकजुट भएर आन्दोलनमा उत्रन २२ राजनीतिक दलहरुको आव्हान (प्रेस विज्ञप्तिसहित)

काठमाडौं,जेठ १०। नेकपा (क्रान्तिकारी माओवादी),देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाललगायतका २२ राजनीतिकदलहरूले राष्ट्रपतिले गरेको गलत निर्णय अविलम्ब खारेज गर्न जोडदार माग गरेका छन् भने राष्ट्रको सार्वभौमिकता र जनताको जीवन रक्षाका लागि एकजुट भएर आन्दोलनमा उत्रन सम्पूर्ण सबैमा आव्हान गरेका छन्।  

 

 

२२ दलीय मोर्चाको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जारी गर्नुभएको वक्तव्यमा अहिलेको स्थितिमा नेपाल राष्ट्रको सार्वभौमिकता र जनताको जीवन रक्षाका लागि सम्पूर्ण देशभक्त, प्रगतिशील शक्तिहरु र नेपाली जनतालाई एकजुट भएर परिस्थिति अनुसारका विरोधका कार्यक्रममा अघि बढ्न आव्हान गरिएको छ ।

 

 

वक्तव्यमा नेपाल राष्ट्र र नेपाली जनताको पहिलो र सर्वोच्च प्राथमिकताको विषय जीवनरक्षा हो भन्दै यसप्रति राष्ट्रपति र प्रधानमन्त्रीमा देखिएको तिरस्कार र संवेदनहीनताको भत्र्सना गरिएको छ ।

यस्ताे छ,प्रेस विज्ञप्ति