पाल्पामा कारोना संक्रमणबाट थप ४ जना मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,जेठ १५। पाल्पामा कारोना संक्रमणबाट थप ४ जना मृत्यु भएको छ । माथागढी गाउँपालिका–३, कसेनीका ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

 

 

जेठ ५ गते संक्रमण पुष्टि भएका उनको मिसन अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए।

 

 

त्यस्तै बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराकी ४९ वर्षीया महिलाको पनि शुक्रबार राति कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

 

जेठ ७ गते एन्टिजेन पोजिटिभ देखिएर उपचार गराइरहेकी महिलाको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

त्यस्तै रम्भा गाउँपालिका–१, हुँगीका ५५ वर्षीय पुरुषको पनि मिसन अस्पतालमा उपचारका क्रममा शुक्रबार राति नै मृत्यु भएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए ।

 

 

हुँगीस्थित कोभिड अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि मिसन अस्पताल ल्याइएको थियाृ । उनी गत जेठ ५ गते एन्जिेन पोजिटिभ आएपछि उपचाररत थिए ।

 

 

अक्सिजन लेभल कम भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि मिसन पठाइएको कोभिड अस्पतालका मेडिकल अधिकृत डा। पुजन श्रेष्ठले बताए ।

 

 

यसैगरी गुल्मी चन्द्रकोट गाउँपालिकाका ४२ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।