उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा,यस्तो छ,परिवर्तन गरिएको नयाँ मोडालिटी

काठमाडौं,जेठ १९।गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञा थप भएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकलेले बुधवार निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो ।

 

 

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

 

अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

 

 

यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।