नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि,थप ८२४३ जना डिस्चार्ज,६८ जनाको मृत्यु

काठमाडौं,जेठ २२। नेपालमा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज ८ हजार २४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

 

 

यो सँगै हालसम्म देशमा कोरोना हुनेको संख्या चार लाख ८४ हजार ३७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।