आज दिउँसो यी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना

काठमाडौं,जेठ २७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

 

 

हाल मौसमको अवस्था देशभर सामान्य बदली देशका केहि स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। स्थान अनुसार आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।