अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल र क्रान्तिकारी युवा लिग,नेपालका अध्यक्ष अमीर महर्जनगायतका दर्जनौ नेता कार्यकर्ता पक्राउ

काठमाडौं,जेठ २८ । नेकपा (क्रान्तिकारी माओवादी)का निकट दुइ भातृ संगठन अखिल (क्रान्तिकारी) र क्रान्तिकारी युवा लिग नेपालले संयुक्त आयोजना गरेर आज माइतीघर मण्डलामा केपी ओली सरकारले गरेको राष्ट्रघात र जनघातको विरोध गरेकाे छ।

 

 

क्रान्तिकारी युवा र विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।प्रहरी धरपकडमा दर्जनौ नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ ।

 

त्यस्तै पक्राउ पर्नेमा अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल,क्रान्तिकारी युवा लिग,नेपालका अध्यक्ष अमीर महर्जन,अखिल (क्रान्तिकारी) महासचिव पेशल दाहाल, क्रान्तिकारी युवा लिग, नेपाल सचिव सुरेश तामाङ, सुलभ वैद्य,सुजन सापकाेटा, सुरेश तामङ,विनाेद सापकाेटा,प्रेमराज श्रेष्ठ , अनुप सापकाेटा,सुजन थापा ,मिन प्रसाद गिरीलगायत १२ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

 

 पक्राउ गरिएका नेता कार्यकर्ताहरुलाई भृकुटीमण्डप स्थित महेन्द्र पुलिस क्लवमा राखिएको छ । युवा र विद्यार्थीहरुको विरोध प्रदर्शनमाथि गरिएको हस्तक्षेप र गिरफ्तारीको चौतर्फी विरोध भइरहेको छ । पक्राउ गरिएका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइको माग भइरहेको छ ।

 

 

 

कोभिड महामारीको बीचमा जनतालाई लकडाउनभित्र बन्दी बनाएर ओली सरकारले देशको शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियाहरूलाइ प्रोत्सान गर्दै ओली सरकारले जनातालाइ दुख दिएको र अहिले विकृति र विसंगती मौलाउदै गएकोले आन्दोलन गर्न बाध्य भएको बताएका छन्।

 

 

त्यस्तै नेपालको प्रमुख प्राकृतिक स्रोत रोडा, ढुङगा, गिठ्ठी, बालुवा भारतलाई विक्रि गर्न भनेर चुरे पाहाड दोहन गर्ने ओली सरकारले बजेटबाट गरेको त्यो घोषणा तत्काल सच्याउन माग गरेका छन्।

 

 

 

 दलालहरुसंँग मिलेर नेपालका मध्यपाहाडका डाँडाहरु भत्काएर त्यसबाट प्राप्त रोडा, ढुङगा, गिठ्ठी बेच्ने र त्यसबाट राजस्व संकलन गर्ने भनेर जनतामा भ्रम सृजना गर्ने ओली  सरकारले गरेको आन्दोलनकारीहरूले बताएका छन्।

 

त्यस्तै राष्ट्रघाती एमसीसी परियोजनालाई बजेट मार्फत कार्यान्वयन गर्ने भनेर साम्राज्यवादी अमेरिकाको चाकडी र दलाली गर्न ओली सरकारले जनघाती र राष्ट्रघाती नीति र निर्णय गरेको प्रति विद्याथी र युवाहरुले प्रदर्शन गर्नु पर्ने बाध्यता भएको उनिहरूले बताएका छन्।  

 

अझै ओली सरकार नसच्चिए आन्दोलनको आदिबेरी ल्याउने अध्यक्ष हरिकृष्ण गजुरेलले बताएका छन्,