राती सुत्ने बेलामा यी ५ कामहरु भुलेर पनि नगर्नुहोस्,यस्तो छ कारण

काठमाडौं। आजको विज्ञान तथा प्रविधिको यूगमा शास्त्रमा भनिएका कतिपय कुराहरु आज पनि सान्दर्भिक छन् । यद्यपी आजको आधुनिक जीवनमा शास्त्रले भने जस्तै हूबहू रुपमा जीवनमा उतार्न निकै मुश्किल छ ।

 

तर, पनि शास्त्रका केही निर्देशन मानिएको खण्डमा जीवनमा खुशी आउने पनि भन्ने गरिएको पाइन्छ ।

 

यसका लागि शास्त्रले ५ कुरा रातको समयमा गर्न नहुने भन्दै प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएका यी ५ कुरा भने व्यस्त व्यक्तिले पनि अपनाउन सकिन्छ।

 

१ कपाललाई खुला राखेर सुत्न हुन्न-शास्त्रका अनुसार रातमा महिलाहरुका लागि कपाल खुला राख्नु नकारात्मक मानिन्छ । कपाल खुला राख्दा आसपासमा नकारात्मक ऊर्जा एकत्रित हुने शास्त्रको दावी छ ।

 

 

२ चौबाटोमा जान नहुने-रातको समयमा चौबाटोमा जान नहुने शास्त्रको भनाइ छ । रातको समयमा चौबाटोमा नकारात्मक ऊर्जा बढ्दै फैलिरहेको हुन्छ । यस कारण भुलेर पनि रातको समयमा चौबाटोमा नजान शास्त्रले भनेको छ ।

 

 

३ खराब चरित्र भएका व्यक्तिहरुसँग टाढा रहने-रातको समयमा समाजमा खराब चरित्र भएका व्यक्तिहरुलाई नभेट्न शास्त्रले सचेत गराएको छ । खराब चरित्र भएका व्यक्तिहरुलाई रातमा भेट्दा आफ्नो पनि बद्नाम हुन सक्ने सम्भावना बढी हुने भन्दै शास्त्रले प्रतिबन्ध लगाएको हो ।

 

 

४ चिहानको आसपास जान नहुने-विष्णु पुराणले रातको समयमा चिहानको आसपास जान रोक लगाएको छ । रातको समयमा चिहानको आसपासमा नकारात्मक ऊर्जा निकै सक्रिय हुने हुँदा त्यस क्षेत्रमा जान नहुने भन्दै शास्त्रले प्रतिबन्ध लगाएको हो । रातको समयमा चिहानमा जाँदा मानसिक अवस्था खल्बल्लिन सक्ने शास्त्रको दावी छ ।

 

 

५ अत्तर लगाएर नसुत्नुहोस्-हिजोआज अधिकांस मानिस रातको समयमा नुहाइधुवाइ गरी अत्तर लगाएर सुत्ने गर्छन । तर, शास्त्रले भने यसलाई प्रतिबन्ध लगाएको छ । रातको समयमा हात खुट्टा धोएर इश्वरको ध्यान गरेर सुत्नुपर्ने उल्लेख गरेको छ । रातको समयमा अत्तर लगाएर सुत्दा नकारात्मक ऊर्जा आफूतर्फ आकर्षित हुने गर्छ ।