जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

काठमाडौं। भीरकोट नगरपालिका–४ मा बुधवार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन्।

 

 

भीरकोटको दर्बुङठाँटीस्थित भित्री कच्ची सडकमा जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बानेथोकबाट बयरघारी बजारकालागि गुडेको ग १ ज ४९४० नम्बरको महिन्द्रा जीप दुर्घटना भएको हो।

 

 

दुर्घटनामा घाइते भएका ३६ वर्षीय गणेशजंग अधिकारीको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा चालक मनु भन्ने विकास थापा, रेशम परियार, प्रतिमा परियार,रुकबहादुर परियार, सोनी श्रेष्ठ र दिनेश परियार घाइते भएका हुन्।

 

 

उनीहरुमध्ये रेशम परियार र सोनी श्रेष्ठको भीरकोट नगर अस्पतालमा उपचार भइरहेको छ। अन्य ४ घाइतेलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।