अखिल (क्रान्तिकारी)ले भर्चुअल माध्‍यमबाट आयोजना गरेको,वर्तमान राजनीतिक संकट र अबको विकल्प विषयक अन्तरक्रिर्या कार्यक्रममा सम्पन्न

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) को आयोजनामा वर्तमान राजनीतिक संकट र अबको विकल्प विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भएको छ ।

 

आज शुक्रबार भर्चुअल माध्‍यमबाट सुरु भएको अन्‍तरक्रिया कार्यक्रमकाे संञ्चालन र कार्यक्रमकाे अध्यक्षता अखिल (क्रान्तिकारी)का अध्‍यक्ष हरिकृष्‍ण गजुरेलले गरेका थिए।

 

 

उक्त कार्यक्रमका प्रमुख वक्ता पर्टीका स्थायी समिति सदस्य सीपी गजुरेलले भने देशभक्त र क्रान्तिकारीहरू अब एक हुने बेला आएकाे  बताउनु भयाे भने रणनैतिक माेर्चामा सहभागी पार्टीहरूसहित अन्य क्रान्तिहरूलाइ पनि एकतामा आउन उहाँले सबैमा आग्रह गर्नुभएका छ। 

 

 

उक्त कार्यक्रमका प्रमुख वक्ता( क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल थिए भने अन्य वक्ताहरूमा चन्‍द नेतृत्वको नेकपाका सचिवालय सदस्य धमेन्द्र बास्तोला, नेकपा संयोजक ऋषिराम कट्टेल तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले वर्तमान राजनीतिक संकट र अबको विकल्पका विषयमा चर्चा गरेका थिए ।

 

 

संयुक्‍त रणनीतिक मोर्चामा सामेल चार दल निकटका चार विद्यार्थी संगठनको पनि अन्‍तरक्रियामा सहभागिता जनाएका थियो।

 

 

अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण,चन्‍द नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनबाट संयोजक राजेश्वरी सुवेदी, अखिल नेपाल विद्यार्थी युनियनका संयाेजक मनीष भट्टराई र उपाध्यक्ष  शिलु न्याैपाने ,महासचिव पेशल दाहाल,काेषाध्यक्ष रञ्जित शाहालगायतका विद्यार्थी नेताहरूकाे सहभागिता रहेकाे थियो ।

 

विद्यार्थी नेतहरूले वर्तमान राजनीतिक संकट र अबको विकल्प विषयक अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्दै चर्चा गरेका थिए।