आज यी तीन प्रदेशमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौै। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश न २ र वाग्मती प्रदेशका एक दुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।

 

 

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।

 

 

 

त्यस्तै आज राती देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।

 

 

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।